News of Nation

दमक बेलडाँगी रोडस्थित स्वर्णलक्ष्मी कम्प्लेक्सबाट स्वर्णलक्ष्मीको सेवा सुचारु

दमक, ५ असार–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था शुक्रबारदेखी आफ्नै निजी भवनमा स्थानन्त्रण भएको छ । झापाको दमक–६ बेलडाँगी रोडस्थित नवनिर्मित स्वर्णलक्ष्मी कम्प्लेक्समा स्थानन्त्रण भएसँगै आजदेखी संस्थाले नियमित कारोबार सेवा सञ्चालन गरेको छ ।

यसअघि, सहकारी संस्थाले दमक–८ मा कार्यालय स्थापना गरेर सेवा सञ्चालन गरिरहेको थियो । २०६६ चैत ११ गते स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्था दमकमा स्थापना भएको हो । शेयर पुजी ५० करोड ५८ लाख २८ हजार बचत निक्षेप रहेको छ । कुल शेयर पुजी ७ करोड ३१ लाख २५ हजार रहेको छ । संस्थाले हाल ६१ करोड भन्दा बढी ऋण लगानी गरेको छ ।

झण्डै तीन करोडको लागतमा नव निर्मित स्वर्णलक्ष्मी कम्प्लेक्स साढे चार तला छ । भवनको ग्राउण्ड फोलोर व्यवसायिक प्रयोजनमा दिइने र दोस्रो तलामा कार्यालय प्रयोजनका निम्ति प्रशासनिक कोठाहरुसहित रहने छ भने तेस्रो तलामा व्यवस्थित ढंङ्गको वैठक (मिटिङ कक्ष) हल र माकेटिङ कोठा रहेको छ । त्यस्तैं, चौथो तलामा सभा, तालिम, गोष्ठीहरु गर्न सकिने ठूलो हल रहेको छ भने पाँचौ तलामा चिया चमेना गृह (किचन कोठा) र आवास गृह निर्माण गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष रबि न्यौपानेले स्वणलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११ वर्ष पश्चात दमकमा आफ्नै निजी भवनबाट सेवा सञ्चालन गर्न पाएकोमा खुशी प्रकट गरे । उनले दमकमा सहकारी संस्थाहरुबीच स्वर्णलक्ष्मीको परिचय र पहिचान अलग रहेको कथान गर्दै भवन निर्माणमा संस्थाका सञ्चालक समिति, सम्पूर्ण शेयर सदस्यहरु लगायत कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

संस्थाका व्यवस्थापक कमल घिमिरेले चैत ११ देखी लगातारको लकडाउनसँगै स्वर्णलष्मी कम्प्लेक्स निर्माण कार्यमा समस्या भएको बताए । उनले लगातारको लकडाउनले कार्यालय स्थानन्त्रण गर्न ढिलाई भएको र प्रशासनिक सेवा सञ्चालन गर्ने कक्षहरु बाहेकका बैठक कक्ष, कार्यक्रम हल र किचन रुम निर्माण कार्य पुरा हुन नसकेको बताए । व्यवस्थापक घिमिरेका अनुसार १६ महिना अघिदेखी स्वर्णलक्ष्मी कम्प्लेक्स निर्माण गरिएको हो ।

४७ सय भन्दा बढी शेयर सदस्यहरु रहेको सहकारी संस्थाले हालः शिबसताक्षी नगरपालिका, कमल गाउँपालका, गौरादह नगरपालिकासहित दमक नगरपालिकाभरी सेवा सञ्चालन गरिरहेको व्यवस्थापक घिमिरेले जानकारी दिए । संस्थामा २७ जना कर्मचारीहरु कार्यरत छन् ।

सो अवसरमा संस्थाका सहव्यवस्थापक ध्रुब अधिकारी, सञ्चालक समितिकी कोषाध्यक्ष चन्द्रमाया (जमुना) अधिकारी निरौला, सञ्चालक समितिका सदस्यहरु शिवप्रसाद अघिकारी, प्रेमकुमारी (पुनम) रिजाल, गणेश प्रसाद दाहाल, तुलशीराम प्रसाई, बुद्धिसागर बराल, सञ्जिब रिमाल, पुरुषतम ढकाललगायत ऋण उपसमितिका संयोजक र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.