News of Nation

पत्रकार मञ्चद्धारा झापाको माइपश्चिमसहित इलामको चुलालुली र माङसेबुङ कार्यपालिकालाई ज्ञापनपत्र

दमक, ५ असार–पत्रकार मञ्च दमकले झापाको कमल, गौरादह, गौरीगञ्ज, शिवसताक्षी र इलामको चुलाचुली कार्यपालिकामा विभिन्न माग राखि शुक्रबार ज्ञापनपत्र बुझाएको छ । यसअघि, मञ्चले दमक नगरपालिकामा ज्ञापन पत्र बुझाइसकेको छ ।

पत्रकार मञ्चमा आबद्ध झापाको माईपश्चिमका ६ कार्यपालिकासहित इलामको चुलाचुली र माङसेबुङका क्रियाशिल सञ्चारकर्मी र पत्रकारहरुको क्षमता अभिवृद्धि, बिकास र प्रवद्र्धनका लागी आगामी आर्थीक बर्ष २०७७/७८ मा योजना बनाई नीति तथा कार्यक्रममा समाबेश गर्न आग्रह गर्दै स्थानिय तहहरुसमक्ष ज्ञापनपत्र बुझाइएको मञ्चका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।

मञ्चले स्थानिय तहहरुले गरेका गतिविधि बारे जानकारी दिन सप्ताहिक रुपमा ,जनतासँग जनप्रतिनिधि, कार्यक्रम कुनै एउटा मिडियामा उत्पादन गरी अन्य मिडियाहरुबाट प्रकाशन र प्रशारण गर्न माग गरिएको छ ।

स्थानिय क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र पत्रकारहरुको कोरोना बिमा गरीदिनुपर्ने,पत्रकार र सञ्चारकर्मीको हितलाई मध्यनजर गर्दै स्थापना गरिएको कोषमा आर्थीक सहयोग गर्नुपर्ने, मञ्चलाई दैनिक कार्यलय सञ्चालनका लागी विभिन्न सामाग्री आवश्यक परेकोले उपलब्ध गराउनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा समावेश गरिएको छ ।

त्यस्तैं, स्थानिय तहले गरेका काम कारबाहीबारे प्रत्येक २/२ महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिनुपर्ने, आफनो क्षेत्रमा रहेका सञ्चार गृहलाई करमा छुट दिनुपर्ने, सञ्चार गृहले लिने सिफारिस नि शुल्क हुनुपर्ने, आफ्नो स्थानिय तहमा स्थापना भएका र छिमेकी तहमा स्थापना भएका रेडियो, टेलिभिजन, दैनिक र साप्ताहिक पत्रिका तथा अनलाईन न्युज पोटलहरुलाई एकमुष्ट बजेट विनियोजन हुनुपर्ने लगायतका माग राखिएको मञ्चका सचिव देशराज नेम्बाङ्गले बताए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.