News of Nation

दमकमा भेटिए कुवेतबाट फर्केकी एक महिलामा कोरोना संक्रमण

दमक, ५ असार–दमकमा आज एक महिलामा कोरोना संक्रमण पुष्टि भएपनि उनि समुदायको सम्पर्कमा नगएकाले नआत्तिन आग्रह गरिएको छ । कुवेतबाट गत जेठ ३० गते नेपाल आएर ३१ गते दमक आईपुगेकी दमक १ स्थायी घर भएकी २९ बर्षिया महिलाको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भए पनि उनि समुदायको सम्पर्कमा नरहेकाले आत्तिन नपर्ने दमक नगरपालीकाका जनस्वास्थ्य निरिक्षक बद्रि बरालले बताउनु भयो ।

बिदेशबाट आएर दमक नगरपालीकाले बनाएको क्वारेन्टाईनमा रहेका बेला पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकोले समुदायमा भने असर नपर्ने जनस्वास्थ्य निरिक्षक बरालले बताउनु भयो ।

बिदेशबाट आएर क्वारेन्टाईनमा बसेका ३१ ज्नाको पिसिआर परिक्षण गर्दा ३० जनाको नेगेटिभ आएको र एक महिलाको मात्र पोजेटिभ आएको क्वारेन्टाईन व्यवस्थापन समितिका स्वदस्य सचिव तथा दमक नगरपालीका श्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिनुभयो । उनिहरु सबैको गत जेठ २ गते स्वाव संकलन गरिएको थियो । बिराटनगस्थित प्रादेशीक प्रयोगसालामा गरिएको परिक्षणमा ति महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमित महिलालाई बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड १९ उपचार केन्द्रमा लगेर उपचार सुरु गरिएको छ । यस अघि गत बैशाख १२ गते पनि दमक ३ का एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनि उपचार पछि निको भई सकेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.