News of Nation

गौरीगञ्जका एक युवामा कोरोना संक्रमण पुष्टि

दमक, ६ असार–जिल्ला आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिकाका पुरुष रहेको जनाइएको छ ।

जनस्वास्थ्य कार्यालय झापाका फोलक पर्सन जीवन चम्लागाईंका अनुसार आज गौरीगञ्ज गाउँपालिका वडा नं ५ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुरुष गत जेठ १९ गते भारतको हरियाणाबाट आएर खजुरगाँछि माविको क्वारेन्टाइनमा बस्दै आएको चम्लागाईंले बताए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । उनलाई उपचारका लागि मोरंगको गोठगाउँ पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १८३ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १२६ पुगेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.