News of Nation

सडक र बिद्युतले नछुएको गाउँः शिबसताक्षी-३ को जनज्योती चौक

सरकारले नदेखेको र नेतृत्ववर्गले नहेरेको शिबसताक्षी–३ जनज्योती चौक

धरमपुर, ७ असार–सडक छ तर ग्राभेल हुन सकेको छैन् । बिद्युत पोल छ तार विस्तार हुन सकेको छैन् । यो समस्या झापाको लागि अत्यन्तै कल्पना भन्दा बाहिर हो तर यर्थाथ यस्तै छ । सुगम जिल्लाको दुर्गम गाउँको रुपमा चिनिएको गाउँ होः शिबसताक्षी नगरपालिकाको वडा नं ३ को जनज्योती चौक । कुनै समय जिल्लामै कला, संगीत र खेलकुदको माध्यमले परिचित यो गाउँमा वर्षौदेखी सडक समस्याले स्थानीयहरु आजित छन् ।

निर्वाचनको समयमा राजनीति पार्टीका उम्मेद्धवार र पार्टी नेतृत्वले गाउँवासी मतदाताहरुलाई अनेकौ आश्वासन दिने र निर्वाचनपछि गाउँ फर्किन नचाहानेप्रति संचेत हुनुपर्ने झापा शिबसताक्षी–३ जनज्योति चौकवासीहरु बताउँछन् ।

तत्कालिन समयमा पाँचगाछी–शिबगञ्जवासीहरु छोटो दुरीमा साइकल, मोटरसाइकल वा पदयात्रा मार्फत दमक, केर्खा, धरमपुर पुग्न जनज्योती चौकको सडकहुदै यात्रा गर्दथे तर पछिल्लो समयमा आसपास छिमेकी गाउँमा सडकले ठूलै परिवर्तन गर्दासम्म जनज्योति चौकको सडकको अवस्था भने उहि दुर्गम अवस्थामा छ । नगरमै ११ वटा वडाहरुबीच ग्राभेल नभएको सडक खोज्ने हो भने शिबसताक्षी–३ जनज्योती चौकमा नै छ ।

वर्षौ–वर्षदेखीको जनज्योति चौकवासीहरुले झेल्दै आइरहेको प्रमुख समस्याहरु मध्ये सडक निर्माणसँगै स्तरन्नोतीमा नगरपालिका, प्रदेश र संघीय सरकारले वेवास्ता गरिएको अनुमान उनीहरु गर्छन् । तत्कालिन समयमा लखनपुरदेखी तोपगाछी–धरमपुरहुदै शिबगञ्जसम्म जोड्ने क्षेत्रीय सडक अन्तर्गत पर्ने यो जनज्योती चौकको सडक यसवर्ष पनि हिलाम्मे भएको छ । जेठको अन्तिम सातादेखी नै यो सडक हिलाम्मे भएको स्थानीयवासीहरु बताउँछन् ।

साविक धरमपुर–४ पुर्व जनप्रतिनिधि एबम् स्थानीयवासी मोहनप्रकाश राईका अनुसार पार्टी नेतृत्वले गर्नुपर्ने पहलकदमी नहुदाँ जनज्योती चौक ओझेलमा परेको हो । उनले आफ्नो आफ्नो गाउँमा बजेट र योजना हुत्याउने खेल खेल्नमा आफुहरुको अनबिज्ञताले गाउँको विकास निर्माण पछिडी परेको बताए । उनले वडामा सक्रिय पार्टी नेतृत्वहरु विकासका कार्यमा पक्षपाती हुने र आ–आफ्नै गाउँ केन्द्रित गर्न लालयित हुने प्रवृतिको हावी भएको बताए । गाउँमा इमान्दार कार्यकर्ता वा मतदाता भएर मात्रै बसियो, यस्तो तरिकाले अवको दिनमा हुन्न, उनले भने ।

उनका अनुसार निर्वाचनमा उम्मेदवार र पार्टी नेतृत्वले विकास पक्षका कुराहरु ठुलठुला गरेपनि निर्वाचन पश्चात गाउँ फर्केर आउदैन ।

खासगरी, वर्षाको समयमा गाउँका विरामीहरु अस्पतालसम्म लैजान कठिनाई हुन्छ । गाउँमा सााइकल, मोटरसाइकल इरिक्सा, अटो लगायतका चार पाङ्ग्रे सवारी साधनहरु आवत जावत गर्न सक्ने अवस्था छैन् । उनले भने–जेठको अन्तिम सातामै हिलाम्मे सडक असार, साउन र भदौसम्ममा कस्तो हुन्छ, कल्पना गर्न सकिन्न । त्यसोत, गाउँमा अहिलेपनि बिजुली पोल पुगेको छ तर तार जोड्न सकेको छैन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.