News of Nation

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या २३ पुग्‍यो

काठमाडौं, ७ असार–नोभेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनी प्यारालाइसिसको भारत गएर जेठ २५ गते उनी नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए ।

उनको असार ५ गते निधन भएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

असार ६ गते सार्वजनिक रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण भएको पाइएको थियो । असार ६ गते उनको शव व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । जसमध्ये चार महिला रहेका छन् भने १९ जना पुरुष रहेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.