News of Nation

१८ महिने बालकले कोरोनालाई जितेर घर फर्किए

धरान, ९ असार–विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका १८ महिनाका बालकले कोरोना भाइरसलाई जितेर आज घर फर्किएका छन् ।

सुनसरीको रामधुनी गाउँपालिकाका बालक जेठ अन्तिममा प्रतिष्ठनमा भर्ना भएका थिए । दिल्लीबाट फर्किएका बुबा आमासँगै उनको पनि पीसीआर परीक्षण गर्दा बालकमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई संक्रमण देखिए पनि बुबा आमाको नेगेटिभ देखिएको थियो ।

प्रतिष्ठानबाट १ सय ५५ जना कोरोना भाइरस संक्रमणको उपचार गरी फर्किएका छन् भने ४४ जना संक्रमित उपचारत रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जनाकारी दिए । प्रतिष्ठानमा मंगलबार ६ जना संक्रमित भार्ना भएका छन् । आजै ६० वर्षीय वृद्धसमेत निको भर घर फर्किएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.