News of Nation

हिन्दु धर्म ग्रन्थमा यौनः अविवाहित स्त्रीले यौनको इच्छा देखाएमा सम्बन्ध राख्नु धर्म

सभ्यताको विकासका साथ साथै सेक्सका सम्वन्धमा सामाजिक रीति विकास भयो र नैतिक मानदण्ड स्थापित भयो । यसलाई हामी ऐतिहासिक समाजशास्त्रीय सन्दर्भमा बुझन सक्छौँ ।

जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका पुराण र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय वर्जित नै छ । अझै पनि मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका कुरा गर्दा लोकको लाज मान्नु पर्छ भन्ने हाम्रो समाजको प्रचलन छ ।

त्यसैले होला यौनका विषयमा कुरा गर्न त्यती सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने पनि गरिन्छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन्थहरुमा यौन सम्बन्धबारे गरिएका कुरा धेरैलाई जानकारी नहुन सक्छ ।

हिन्दुहरुको चर्चित हिन्दु धर्मग्रन्थ महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको बताइएको छ।

त्यसैगरी महाभारतमै खुलेआम यौन सम्बन्धको चर्चा छ । यसमा उत्तमाका छोरा दीर्घतमाले मानिसहरुको अगाडी एक स्त्रीसँग यौन सम्बन्ध राखेको चर्चा पनि छ ।

अर्को एक धर्मग्रन्थमा महाराजा रञ्जीतको बारेमा चर्चा गर्दै भनिएको छ कि उनलाई अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न मन पर्थ्यो ।

बैदिक कालमा मानिसहरु ‘घटकंचुकी’ नामको खेल खेल्थे । त्यसो त पौराणीक कालिन तस्बिरले पनि यौनका कुरा खुलाएको देख्न सुन्न पाइन्छ । यौन खेलमा संभ्रान्त पुरुष र महिलाबीच सार्वजनिक यौन क्रिडा हुन्थ्यो । सामूहिक यौन क्रिडा गरेर अरुलाई आनन्द दिने यो खेलमा हरेक पुरुषले हरेक महिलासँग यौन सम्बन्ध राखेपछि मात्र समाप्त हुने नियम हुन्थ्यो ।

ऋषि बसिष्ठकी छोरी शतरुपाले आफ्ना पितालाई नै पति मानेर यौन सम्बन्ध राख्न तयार भएको समेत धर्मग्रन्थमा उल्लेख छ ।

धर्म शास्त्रका अनुसार नारदको जन्म दक्षले आफ्नी छोरी आफ्ना पिता अर्थात छोरीका हजुरबुबालाई कन्यादान गरेपछि भएको थियो । उनी हजुरबुबा र नातिनीको सम्बन्धका उपज थिए ।

महाभारतमा लेखिएको छ कि अर्जुनसँग कुरा गर्दै उलुपीले कुनै पनि स्त्रीको यौन इच्छा पुरा गर्नका लागि उसँग रात विताउनु धर्म विपरित नहुने भनेको प्रसंग छ ।

महाभारतमा कुनै पनि अविवाहित स्त्रीले यौन सम्बन्ध राख्ने इच्छा देखाएमा पुरुषले यौन सम्बन्ध राख्नु जायज हुने उल्लेख छ । स्त्रीको रहर पुरा गर्दा धर्म रक्षा हुने मानिएको छ ।

ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीकोबीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । यो चर्चा ऋग्वेदको मंडल १०, सूक्त १०, स्तोत्र १ देखि १४ सम्म छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.