News of Nation

भारतीय सेना प्रमुखले लद्दाख पुगेर भेटे चीनसँग लड्ने सैनिकलाई

एजेन्सी (काठमाडौं), १० असार–भारतीय सेना प्रमुखा मनोज मुकुन्द नरभानेले बुधबार लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका छन् । सेना प्रमुखले सीमा क्षेत्रका अधिकारीसँग कुराकानी पनि गरेको जी न्यूजले जनाएको छ ।

भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मानित गरेका छन् ।

सेना प्रमुखकको आजको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेना प्रमुख एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए । उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’

सेना प्रमुखको एलएसीको यो भ्रमण आज सकिँदैछ । यही क्षेत्रमा गएको हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

सेना प्रमुखले हिजो गलवान सङ्घर्षमा घाइते भएका सैनिकसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

Facebook Comments

Leave A Reply

Your email address will not be published.