News of Nation

शिवसताक्षीमा थपिए कोरोना संक्रमित

दुधे, १० असार–झापाको शिबसताक्षी नगरपालिकाको झर्ना प्राविको क्वारेन्टिनमा राखिएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

असार ८ गते भारतको चेन्नईबाट नेपाल आएका ४१ वर्षीय ती पुरुषको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट उपचारका लागि अस्पताल/आइसोलेसनमा लैजाने कुरा भइरहेपनि समाचार तयार पार्दासम्म कहाँ लैजाने भन्ने टुङ्गो नभइसकेको जनाइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.