News of Nation

शिबसताक्षी नगरपालिकाको छैठौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत

गोविन ल्वागुन शिबसताक्षी, १० असार–झापाको शिबसताक्षी नगरपालिकामा छैठौ नगर सभा आजबाट सुरु भएकोे छ । नगर सभाको प्रदेश १ का सामाजिक बिकाशमन्त्री जिवन घिमिरेले उद्याटन गर्नभयो । असार १० गते भित्रमा हरेक स्थानीय तहले बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गर्नुपर्ने नेपाल सरकारको निती भएकोले सोही अनुसार शिबसताक्षी नगरपालीकाले पनि बार्षिक निती, कार्यक्रम तथा बजेट सार्बजनिक गरेको हो ।

नगर उपप्रमुख भोजकुमारी नेपालले प्रस्तुत गरेको बार्षिक निती, कार्यक्रम तथा बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई बढी महत्व दिइएको छ । त्यसैगरी, अघिल्लो बर्षमा प्रस्तुत भएका कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ । बिश्व नै कोभिड १९को संक्रमणबाट गुज्रिरहेको अवस्थामा देश तथा नगर पनि अछुतो नरहेकोले सम्भावित जोखिमलाई न्यूनिकरण गर्न पनि बार्षिक कार्यक्रममा समेटिएको छ ।

सो अवसरमा नगरसभामा निशर्त ३८ करोड ८५ लाख १० हजार २ सय ७० रुपैया र शसर्त अनुदान बाट ६२ करोड ९० लाख ५५ हजार गरेर कुल एक अर्ब एक करोड ७५ लाख ६५ हजार २ सय ७० रुपैया बजेट सार्बजनिक भएको हो । सो अवसरमा प्रमुख अतिथि सामाजिका बिकाशमन्त्री घिमिरेले यस नगरलाई सम्मृद्ध बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा पुर्बसासद तारासम योङया, प्रदेशसभा सदस्य भलकसिह दर्लामी, हिरा थापा, जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायतले सुभकामना मन्तबय राख्नुभएको थियो । नगरसभाले बार्षिक निती, कार्यक्रम तथा बजेटलाई भोली बिहिबार अनुमोदन गरि सम्पन्न हुने बताइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.