News of Nation

शिबसताक्षीको नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिक्ता

जीवनसिंह राजवंशी/शिबसताक्षी, १० असार–झापाको शिवसताक्षी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ का लागी स्वास्थ्य र कृषी क्षेत्रलाई प्राथमिक्तामा राख्दै आफ्नो बजेट, निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।. ..
बुधबार शिवसताक्षी नगरपालिकाको कार्यालय ब्याङ्डाडामा आयोजित छैठौँ नगरसभामा उपप्रमुख भोज कुमारी नेपालले आर्थिक बर्ष २०७७। ७८ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गनुृभएको हो ।

उप प्रमुख नेपालले निती तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कृषी क्षेत्रको बिकासका लागी कृषीलाई आधुनिकिकरण गर्दै कृषकहरुलाई विभिन्न मेसिन तथा औजार बितरणसँगै वडा नम्बर ४ र ५ लाई धान पकेट क्षेत्रको रुपमा लैजाने योजना रहेको छ । शिक्षा क्षेत्रमा सामुदायीक बिद्यालयहरुको भौतीक सुधार सँगै बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ध्यान दिईने भएको छ । नगरले १ अर्ब १ करोड ७५ लाख ६५ हजार २७० रर्पैया बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगर सभामा सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेले कोरोनाको कहरका बिच बिकास सम्पुण पालिकाहरुले बिकास निर्माणका कामहरुलाई निरन्तरता दिदै लानुपर्नेमा जोड् दिनुभएको थियो । उहाँले फरक प्रसंग जोड्नुहुदै प्रदेश नम्बर १ मा कोरोना संक्रमितहरु नीको भएर घर फर्किने क्रम बढ्दै गएको पनि बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्र कुमार शेर्माको अध्यक्षतामा सम्पन्न छैटौ नगर सभाको उद्घाटन सत्रमा प्रदेश नम्बर १ का प्रदेश सांसद झलक सिंह दर्लामी, हिरा थापा, समन्वय समिती झापाका प्रमुख सोमनाथ पोर्तेल, पुर्व संघिय सांसद तारासम योङ्या लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.