News of Nation

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं, ११ असार–नेपालमा आज (बिहीबार) थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेका छन् । रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.