News of Nation

रियल मड्रिड लिगको शीर्ष स्थानमा

एजेन्सी, ११ असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मालोर्कालाई हराउँदै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलको १९औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो ।

त्यस्तै, रामोसले खेलको ५६औं मिनेटमा गोल गर्दै २ शुन्य गोल अन्तरले रियलको जित सुनिश्चित बनेको थियो ।

शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल भएको छ । बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

पछिल्लो नतिजाले मालोर्का रेलिगेशनमा झर्ने सम्भावना बलियो बनेको छ । मालोर्का २६ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ ।

लिगमा ७ चरणको खेल बाँकी रहँदा रियलले लिगमा अग्रता बनाउन सफल भएको छ । रियल सन् २०१७ पछि पहिलो पटक लिग उपाधि जित्ने अभियानमा छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.