News of Nation

चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सचेत रहन विभागको आग्रह

काठमाडौं, १२ असार–देशभरका सातै प्रदेशमा आज पूर्ण बदली भई धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षा हुने विभागको भनाइ छ ।

आज राति सबै प्रदेशहरुमा पूर्ण बदली रहेर हल्का देखि मध्यम वर्षाको संभावना रहे पनि प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।

भारी वर्षा हुने भनिएका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.