एजेन्सी, १२ असार–प्रिमियर लिग क्लब लिभरपुलका खेलाडी भर्जिल भान डायकले लिभरपुलले यो सिजन बेग्लै तरिकाले उपाधि जितेको बताएका छन् । उनले लामो समयपछिको पर्खाइमा लिभरपुलले उपधि जित्न सफल भएको बताए ।
बिहीबार राति भएको प्रिमियर लिगअन्तर्गतको खेलमा चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई हराउँदा लिभरपुलले बाँकी खेल रहँदै लिगको उपाधि जित्न सफल भएको हो । लिभरपुलले यो सिजन दुई खेलमा बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ ।
“लामो समयपछिको प्रतीक्षा पूरा भएको छ । अघिल्लो सिजन पनि लिग उपाधि जित्ने सपना पूरा भएको थिएन । यो सिजन एक बेग्लै लेभलमा लिग उपाधि जित्न सफल भयौं,” भान डाएकले भने । लिभरपुलले प्रिमियर लिगको उपाधि ३० वर्षपछि जितेको हो ।