दमक, १२ असार–दमकमा आज शुक्रवार थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार कोरोना संक्रमित हुनेहरुमा दमक-४ का १ जना, दमक-३ का १ जना र दमक-१ का १ जना रहेका छन् ।
दमकबाट केहि दिन अघि क्वारेन्टाईनमा रहेका ६१ जनाको स्वाव संङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको थियो । संक्रमित सबै दमककै हुन् ।क्वारेन्टाइनमा बसेका संक्रमित सवैलाई उपचारका लागि अस्पताल पठाउने तयारी भईरहेको जनस्वास्थ्य निरीक्षक वरालले वताएका छन् ।
योसँगै दमकमा मात्र संक्रमितको संख्या ६ पुगेको छ । ती मध्ये १ जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् ।