News of Nation

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौं, १३ असार–मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुन तोलाको ९० हजार ६ सय रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलाको ९० हजार १ सय ६० तोकिएको छ । सुनको भाउ तोलाको ९१ हजार १ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरिसकेको छ ।

यस्तै, चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ९४० कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको ९३५ रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य हालसम्म सबैभन्दा उच्च ९५० रुपैयाँसम्म पुगेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.