काठमाडौं, १३ असार–नेकपाको स्थायी कमिटी बैठक असार १६ सम्मका लागि स्थगित भएको छ। नेकपाको जारी स्थायी कमिटी बैठकमा नेपाल-भारत सीमा विवादको विषयमा निरन्तरता पाएको छ। बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार र शनिबार दुवै दिन सीमाको बिषयमा केन्द्रीत भएको हो।
बैठकमा आज २१ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा बोल्नेहरूले सरकारले नक्सा मात्रै नभएर भूमि फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘बैठकमा बोल्ने सबैले आफ्नो भूमि राखेर नयाँ नयाँ नक्साको साथै संविधानको अनुसूचीमा राख्नुलाई ऐतिहासिक लिनुभएको छु उनले भने, ‘अब सरकारले भारतसँग वार्ता गरेर जग्गा फिर्ता लिन पहल गर्नुपर्नेमा जोड दिनुभएको छ।’
आइतबार मदन जयन्ती र सोमबार नेपालीहरूको दही चिउरा खाने चाड भएकाले बैठक मंगलबार-१६ गते पुन बस्ने पनि उनले बताए। १६ गतेको बैठकमा सीमाको एजेन्डा सकेर कोभिड १९ मा प्रवेश गर्ने जनाए। हामी १६ गतेको बैठकमा सिमाको बिषयलाइ सक्काएर कोरोना नियन्त्रण र उपचारमा प्रवेश गर्छौ उनल भने, त्यसपछि सरकार र पार्टीको कामको समिक्षामा जानछौँ। सबै एजेन्डामा सकारात्मक रूपमा छलफल हुने बताए।
बुधबारबाट सूर भएको बैठकको दोस्रो दिन अनुपस्थित भएका प्रधानमन्त्री ओली आजको बैठकमा केहिबेर बसेर फर्किएका थिए। उनको स्वास्थ्य अवस्थाको कारण बस्न नसकेको जानकारी आएको बताए।