News of Nation

आर्सनल एफए कपको सेमिफाइनलमा

एजेन्सी, १५ असार–इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पाहुना टोली आर्सनलको जितका लागि निकोेलस पेपे र डानी सेबालेसले एक एक गोल गरे । सेफिल्डका लागि डेभिड म्याकगोल्डरिकले एक गोला फर्काएका थिए ।

खेलको २५ औं मिनटमा सेफिल्डका क्रिस बसामले फाउल गरेपछि आर्सनललाई पेनाल्टी दिइएको थियो । जसमा पेपेले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

खेलको ८७औं मिनटमा डि बक्सभित्र आर्सनलको डिफेन्स्लाईनको गलतीलाई सदुपयोग गर्दै डेभिडले गोल गर्दै सेफिल्डलाई खेलमा फर्काउनने प्रयास गरे ।

तर, खेलको इन्जुरी समयमा आर्सनलका सेबालेसले गोल गर्दै पाहुना टोलीलाई २–१ गोलको जित दिलाए । यस जितसँगै आर्सनल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि शनिबार भएको पहिलो क्वार्टरफाइनलमा नर्विच सिटीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.