News of Nation

पछिल्लो २४ घण्टामा ४ सय ७६ कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ, १५ असार–नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

एक सय १२ जना महिला र तीन सय ६४ गरी चार सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आजसम्म एक हजार पाँच सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष गरी १३ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सोमबार एक सय २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ ।

आजसम्म दुई सय ६६ महिला र दुई हजार आठ सय ६६ पुरुष गरी तीन हजार एक सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताउनुभयो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.