News of Nation

प्रचण्डले ओलीलाई भनेः ‘राजीनामा दिल्लीले होइन, मैले मागेको हुँ, दुवै पदबाट राजीनामा दिनुस्’

काठमाडौं, १६ असार–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे ।

आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्ली र आफ्नै पार्टीका नेताहरुले लागेको प्रधानमन्त्री ओलीले बताएका थिए । बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए ।

एक स्थायी कमिटि सदस्यका अनुसार प्रचण्डले भनेका थिए, ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुहोस् । प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन बिषयमा पनि प्रश्न उठाएका छन् ।

बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका छन् । बैठकको सुरुमा बोल्दै अध्यक्ष नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.