गौरादह, २४ जेठ–झापाको गौरादह नगरपालिका वडा नम्बर ८ भुँडीसिमलस्थित किस्नी खोलाको बाँध नजिकै पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।
गौरादह नगरपालिका वार्ड नं ८ बैरातीटोलका १९ बर्षिय सागर कोइरालामा पानीमा डुबेर आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दिउसो २ बजे तिर बाँधमा पौडी खेल्ने क्रममा एक्कासी डुबेका भएपनि प्रहरीको खोजतलासपछि ४ बजे ती युवकको लास भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले वताए ।
Facebook Comments