News of Nation

सरकारले नक्सा बनायो, तर कालापानी क्षेत्रलाई बजेट नै छुट्याएन

सीमा क्षेत्रमा भन्सार र सञ्‍चार पुर्‍याउन आग्रह

काठमाडौं, २४ जेठ–दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्‍जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक गर्‍यो। त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालका ती गाउँलाई सम्बोधन गरेको छैन। कारण, ती गाउँ अहिले पनि भारतको कब्जामा छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दैलेखका एक सांसदले उक्त गाउँलाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराए। नेपाल कम्युनिष्ट पार्टी नेकपाको दैलेख क्षेत्र नं २ का सांसद राजबहादुर बुढा क्षेत्रीले नेपालका चार गाउँ कुटी, नाभी गुञ्‍जी र कालापानीका लागि बजेट किन नआएको भन्दै सदनमा गम्भीर प्रश्‍न उठाए। सामान्यरुपमा हेर्दा मुलुकको भूमि, बजेट त पक्कै आउनुपर्ने हो तर दशकौँदेखि भारतले अतिक्रमण गरेको क्षेत्रमा एकैचोटी पुग्ने अवस्था नहुनसक्छ। त्यसका लागि कूटनीतिक छलफल अगाडि बढाउनु आवश्यक हुनसक्छ।

जनताका प्रतिनिधिको सार्वभौम थलो संसद्मा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै बुढाले बजेटमा महत्वपूर्ण कुरालाई सम्बोधन नगरेको प्रसङ्ग जोड्दै भने, ‘नेपालका चार गाउँ कुटी, नाभी, गुञ्‍जी र कालापानीलाई कुनै पनि मन्त्रालयले बजेट विनियोजन गरेन, यसप्रति मलाई दुःख लागेको छ।’

उनको आशय भनेको नक्सामा आइसकेको भू-भागलाई किन वास्ता नगरिएको भन्‍ने हो । उनले हरेक गाउँलाई एक-एक रुपैयाँ भए पनि बजेट विनियोजन गरेर पास गर्नसमेत ध्यानाकर्षण गराए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.