News of Nation

भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री दमकस्थित मानसरोबरमा

दमक, २५ जेठ-प्रदेश १ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्र राम रानाले आज झापाको दमकस्थित मानसरोबार कृषि सहकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमको स्थलगत अवोलकन गरेका छन् । दमक २ आमचौकमा मानसरोबार कृषि सहकारी संस्थाले १६ विघा जमिन लिजमा लिएर मौसमी र बेमौसमी तरकारी तथा फलफूलसहित बाख्रा पालन गर्दै आइरहेको छ ।

मानसरोबार कृषि सहकारी संस्थाले प्रदेश १ सरकारबाट आर्थिक वर्ष २०७७।०७७ अन्तर्गत ७८ लाख ३ हजार अनुदान पाएको छ । सोही, अनुदान रकमबाट मानसरोबार कृषि सहकारी संस्थाले हालः ८ वटा टोनल निर्माण गर्दै छ । निर्माणधिन सो टोनलबाट साउनदेखी उत्पादन सुरु हुने भएको छ ।

टोनलमा काक्रा, बोडी, करेला, क्यापिसकोन, खोर्सानी, करेला, मुला, गाँजर लगाइने सहकारी संस्थाका अध्यक्ष विश्व बरालले जानकारी दिए । यसअघि, संस्थाले कुरिलो, क्राक्रा, करेला, भेन्डी, इस्कुुस, मुला, रायो साग लगायतका सागसब्जिहरु उत्पादन गरेर बजारमा ल्याइसकेको छ ।

सहकारी संस्थाले दुई जातका बाख्रा समेत पालन गर्दै आइरहेको छ । बाख्राका निम्ति मकै खेतीसमेत सुरु गरेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.