धरमपुर, २५ जेठ–झापाको शिबसताक्षी–९ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चिल्लागढधाममा १६औं राष्ट्रिय विभूती तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा निर्माण हुने भएको छ । किरातेश्वर हाङसाम माङहिम, चिल्लागढधाममा राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्दको प्रतिमा निर्माण हुने भएको हो ।
धार्मिक तथा पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सालिक निर्मार्णाथ निर्माण समिति समेत गठन भएको छ । शनिबारको भेलाले डिल्लीहाङ्ग इङनामको संयोजकत्वमा ९ सदस्यीय महागुरु फाल्गुनन्द लिङदेनको प्रतिमा निर्माण समिति गठन भएको हो । जसअनुसार सह–संयोजकमा विशाल शेर्मा, सचिवमा कुमार शेर्मा, कोषाध्यक्षमा नरकुमारी याङबाङ, सह–सचिवमा नामबिनहाङ ताप्मादेन रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा भुपाल खजुम, रेष्मा बेघा, टेकबहादुर थेबे, नरेन्द्र नामसाङ सिगु रहेका छन् । त्यस्तै सल्लाहकार समिति संयोजकमा तारासिंह लिङदेन, सह–संयोजकमा बीरबल जबेगु, सदस्यहरुमा छत्रमाया लिङदेन, प्रकाश लिङदेन, देवीकुमार शेर्मा, भवानीविक्रम सेलिङ तथा विशिष्ट सल्लाहकारमा शिवकुमार याङया, आर्थिक संयोजकमा विनोद ताप्मादेन र सदस्यमा अनिल साँवा रहेको बताइएको छ ।