News of Nation

दमकको चेतनशील र विर्तामोडस्थित सिम्रिक सहकारी संस्थाबीच एकिकरण

दमक, २६ जेठ–झापापको विर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा रहेको चेतनशील बचत तथा ऋण सहकारी संस्थाबीच आज एकिकरण भएको छ । सोमबार, दमक–६ मा रहेको चेतनशील बचत तथा ऋण सहकारी संस्थामा एक कार्यक्रमबीच एकिकरण भएको हो ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोड–४ मा अवस्थित छ । सिम्रिक साकोसको झापामा १७ वटा सेवा केन्द्रहरु छन् । सिम्रिकको कुल सदस्य संख्या २४५६५, शेयर पुँजी १४३३९४४०६, कुल आय १५३१७८८५१.७ ,नाफा नोक्सन १८२९१८४२.७१ रहेको छ ।

चेतनशील सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञान बहादुर योगीले २ लाख ५० हजारबाट शुरु भएको सहकारीले करिब अढाई करोडको कारोबार गर्दै आएपनि अब सबै सहकारी एक हुने अवस्था आएको तथा सरकारको निति पनि सोही अनुरुप भएकाले मर्जमा गएको बताए ।

चेतनशील सहकारी संस्थाका उपाध्यक्ष एबम् दमकमा मानव अधिकार र शिक्षा क्षेत्रमा कार्यरत नविन योगीका अनुसार ६११०६०० शेयर रकम, १०६८ शेयर सदस्य, बचत निक्षेप १०५९८७०३ ,ऋण लगानी १३९२४६२९, कुल कारोवार २०२२८९३१ रहेको छ ।

सिम्रिक सहकारीका अध्यक्ष कमलबहादुर बस्नेतले गत जेष्ठ १ गतेबाट दुई सहककरी एक भई काम थालेको बताए । अहिले सञ्चालक समिति गठन, कर्मचारी ब्यवस्थापन लगायतका काम भईरहेको र सहकारी विभाग इटहरीबाट स्वकिृत गर्न बाँकी भएको बताए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.