News of Nation

शिबसताक्षीको कोरोना रोकथाम तथा विपत व्यवस्थापन कोषमा रु ९० लाख वढी सङ्कलन

तीन हजार ३ सय २४ घरपरिवारलाई राहत, रु ५१ लाख ५३ हजार ५ सय ७५ खर्च

धरमपुर, २७ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको कोरोना नियन्त्रण, रोकथाम तथा विपत व्यवस्थापन कोषमा रु ९० लाख २५ हजार ५ सय ४६ रुपैँया आर्थिक संकलन भएको छ । नगरपालिकामा अन्य खाद्यान्न लगायातका स्वास्थ्य सामाग्री समेत सहयोग प्राप्त भएको शिवसताक्षी नगरपालिकाले सोमवार आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले पत्रकार सम्मेलनमा हालसम्म दुई चरणसम्म नगरमा राहत वितरण गरिसकिएको र ३ हजार ३ सय २४ घरपरिवारलाई राहत वितरण र अन्य क्वारेन्टिन व्यावस्थापन र स्वास्थ्य सामाग्रीमा ५१ लाख ५३ हजार ५ सय ७५ रुपैँया खर्च गरि हाल कोषमा ३८ लाख ७१ हजार ९ सय ७१ रुपैँया मौज्जात रहेको बताउँनुभयो ।

शिवसताक्षी नगरपालिकाबाट यस कोषमा १० लाख, जनप्रतिनिधिको सेवा सुविधाबाट ४ लाख २८ हजार, नगरपालिकाको कर्मचारीबाट १ लाख ९७ हजार, प्रदेश सरकारबाट १० लाख र अन्य स्थानीय तथा देश विदेशमा रहनुभएका दाताहरुबाट १७ लाख १७ हजार ६ सय ८५ रुपैँया संकलन भएको छ । दाताबाट अन्य जिन्सि सहयोग समेत भएको छ ।

नगरपालिकाकी उपाध्यक्ष भोजकुमारी नेपालले हालसम्म नगरपालिकाको क्वारेन्टिनमा १८३ जना बसेर हालसम्म १७ जना क्वारेन्टिनमै रहेको बताउँनुभयो । भारतबाट आउने आफ्ना नागरिकका लागि नगरपालिकाले छुट्टै एम्बुलेन्स र गाडीको व्यावस्था गरि महाकाली पारि चादनी दोधारा क्षेत्रबाट समेत आफ्ना नागरिकको उद्धार गरि ल्याएको बताउँनुभयो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको समेत उपस्थिति थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.