News of Nation

नवजात शिशुमा कोरोना भाइरसको संक्रमण, क्वारिन्टनमै जन्मिएका थिए

बाजुरा, ३० जेठ–नेपालमा पहिलोपल्ट नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा चार दिनको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाजुराको धुरालसैन माविको क्वारेन्टिनमै जेठ १५ गते जन्मिएका शिशुमा कोरोना पुष्टि भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा। गुणराज अवस्थीले जानकारी दिए ।

ती नवजात शिशुसहित बाजुरा बूढीगंगामा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख अवस्थीले जानकारी दिएका छन् । सुदूरपश्चिमभर संक्रमितको संख्या भने १९१ पुगेको छ ।

नेपालमा अहिलेसम्मकै सबैभन्दा कम उमेरकोमा कोरोना संक्रमण पुष्टि भएको घटना यही हो । सोही क्वारेन्टिनमा केही दिनअगाडि २ वर्षीया बालिकाको मृत्यु भएको थियो र स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.