News of Nation

विश्वमा एकैदिन थपिए एक लाख ३६ हजार संक्रमित, भारतमा एकैदिन ३९४ जनाको मृत्यु

काठमाडौं, ३० जेठ–गएको २४ घण्टामा विश्वभर चार हजार ९५१ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । यसबीचमा एक लाख ३६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण चार लाख २३ हजार ८६ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमितको संख्या ७५ लाख ८३ हजार ९०८आठ पुगेको वर्ल्डओमिटरले जनाएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार २६१ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा ९०४ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा भारतमा संक्रमणको कारण ३९४ जनाले ज्यान गुमाएका छन् । यो संख्या भारतमा संक्रमण देखिएयताकै सबैभन्दा उच्च हो । बिहीबार एकै दिन भारतमा ११ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको संख्या झण्डै तीन लाख पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा अहिलेसम्म दुई लाख ९८ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म संक्रमणको कारण आठ हजार सात सय ७९ पुगेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.