News of Nation

सुझाव नसुन्ने बानीले प्रधानमन्त्री ओली अफ्ठ्यारोमा !

काठमाडौं, ३० जेठ–‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ चरितार्थ गर्दै अत्यावश्यक कामलाई प्राथमिकतामा नराख्ने तर, आफ्नो स्वार्थ सिद्ध हुने कामका बारेमा लागेको लागै गर्ने ढिपीले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो खुट्टामा आफै बञ्चरो हान्दैछन् ।

जतिसुकै महत्वपूर्ण काम गर्दापनि पार्टीमा संस्थागत निर्णय नगर्ने र कुनै पनि शीर्ष नेतासँग सल्लाह नगर्ने बानीका कारण प्रधानमन्त्री ओली अहिले अफ्टेरोमा परिरहेका छन् ।

पार्टीमा सल्लाह र संस्थागत निर्णय नगर्दा प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गर्दा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सा निसान छापमा राख्न संविधान संशोधन प्रस्ताव ओलीले प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गर्न सकेका छैनन् ।

अमेरिकी सहयोग नियोक (एमसीसी) बारे पार्टीमा मतैक्यता निर्माण गर्न सकेका छैनन् । जसका कारण ५५ अर्व नेपाली रुपैयाको सहयोग केही समयमा फिर्ता जाने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री ओलीका कारण ६५ वर्षको संघर्ष पश्चात आएको गणतन्त्र संस्थागत हुने हो या होइन भन्नेमा पुनः प्रश्न चिन्ह उब्जिन लागेको छ । पुनः राजसंस्थाको बोलबोला मुलुकमा आउन सक्ने सम्भावनाका संकेतहरु देखिन थालेका छन् । कसैको सल्लाह सुझाव नमान्ने र आफूखुसी काम गर्दा मुलुक लथालिंग अवस्थामा पुगेपछि चौतर्फी रुपमा ओलीको विकल्प खोज्ने कार्य एकत्रित रुपमा अनौपचारिक रुपमा सुरु भएका संकेतहरु देखा पर्न थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले संविधान, कानुन र नियमको खिल्ली उडाउदै मनलाग्दी गर्न थालेपछि सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष प्रचण्डलगायतका नेता, प्रतिपक्षी कांग्रेस र अन्य प्रतिपक्षी दलहरुले ओलीको विकलप खोज्न एकजुट हुने संकेत दिएका हुन ।

उनीहरुले दक्षिणी छिमेकी मुलुक भारतसमेत साथ लिन सक्ने बताइन्छ । ओलीले भारतविरुद्ध काम गरिरहेकाले भारतले पनि ओलीलाई हटाउन साथ दिनसक्ने नेताहरुको बुझाइ छ । ओलीले गरेका काम राष्ट्र र नागरिक हितको विपक्षमा छन् । तर, कसैको सल्लाह सुझाव र संस्थागत निर्णयमा ध्यान नदिने ओलीमा मैले जे चाह्यो, त्यही गर्न सक्नु भन्ने अहमता छ ।

त्यो अहमताले उनी राजनीतिमा विपक्षी दलको मात्रै होइन आफ्नै पार्टीका नेताहरुको पनि आलोचना खेपिरहेका छन् । ओलीको अहमताबाट प्रतिपक्षी दल मात्रै होइन, उनकै पार्टीबाट विद्रोहको विष्फोट हुने अवस्था देखिएको छ ।

नेकपाका ओली गुट बाहेकका नेता, प्रतिपक्षी कांग्रेसलगायत अन्य दलहरु एक ठाउँमा आएर भारतको सहयोगमा ओलीको ज्यादती र मनमौजी तोड्न सकभर यही व्यवस्थामा त्यो सम्भव नभए राजसंस्था व्यूताउने गरी भएपनि सहकार्य हुन सक्ने गरी अनौपचारि छलफल सुरु भएको स्रोत बताउँछ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र कोरोनाका कारण सिथिल भएको अर्थतन्त्र उकास्ने र मुलुकलाई पहिलाजस्तै सामान्य अवस्थामा फैलाउन तर्फ ओलीले ध्यान दिन नसकेको राजनीतिक विश्लेषकको विश्लेषण छ ।

आसेपासेको मनोमौजी प्रवृत्तिविरुद्ध ओलीनै अध्यक्ष भएको नेकपाभित्र र बाहिर चर्को आलोचना भइरहेको छ । तर, आलोचनाको प्रवाह नगर्दै ओलीले अझबढी कसैका कुरा नसुनेर आफ्नो अहंकार अनुरुप अगाडी बढिरहेका छन्, जसले मुलुक बर्बादीको बाटोमा अगाडी बढिरहेको छ ।

मुलुकलाई बर्बादीमा जान नदिन ओली गुट बाहेकका नेकपा र अन्य दलका नेताहरु एकजुट हुने प्रयास गरिरहेको बताइन्छ । ओलीले कोरोनाको कहरमा खर्च गरेको १० अर्व रुपैयाको हिसाव किताव देखाउन सकेका छैनन् । आम नागरिक खान नपाएर भोकभोकै छट्पटाई रहेका छन् । आत्महत्या बढेको छ, कोरोनाबाट मर्ने भन्दा भोकले मर्नेको संख्या दोब्बरभन्दा बढि छ ।

भोकले अर्कोलाई मारेर उसको सम्पत्ति लुट्ने क्रम बढेको छ । लुट्पाटका घटना बढेका छन् । लामो समयपछि मुलुकको राजश्व खाता घाटामा देखिएको छ । कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन विदेशी ऋणको सहायता लिन पर्ने अवस्था आएको छ । यसले ओलीलाई सबैतिरबाट समस्या हुने देखिएको छ ।

त्यसो त ओलीलाई कतै पतनको बाटोमा डोहोर्याएको त होइन ? भन्ने मानसिकता सबैमा विकसित हुँदै गएको छ ।

छायाचन्द्र भण्डारी, न्यूज अभियान डट कमबाट

Facebook Comments

Leave A Reply

Your email address will not be published.