News of Nation

प्रधानमन्त्रीको गृह नगरमा विद्यार्थीहरुले गरे ‘सरकारविरुद्ध प्रदर्शन’

दमक, ३१ जेठ–झापाको दमकमा नेपाली कांग्रेस निकट विद्यार्थीहरुको छाता संगठन नेपाल विद्यार्थी संघको नेतृत्वमा राप्रपा निकट युवा बिद्यार्थी र केही स्वतन्त्र युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा शनिबार सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनिहरुले विरोध प्रर्दशन गरेका हुन् । केहिबेरको प्रदर्शनपछि वर्षाले आन्दोलन प्रभावित बनाएको थियो । केही युवाले १०० प्रतिशत पिसिआर लागू हुनुपर्ने लगायतका नारा बोकेका थिए ।

उनिहरुले सरकारले नागरिकलाई कोरोनाबाट जोगाउन सहि कार्ययाजना ल्याउन नसकेको आरोप लगाए । उनिहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका थिए । क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा सरकार बिरुद्ध सांकेतिक बिरोध प्रदर्शन गरिएको सहभागी युवाले बताए ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै खर्चको हिसाब पनि सरकारले सार्वजनिक गर्नु पर्ने उनिहरुले बताएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.