News of Nation

जंगली जनावर चोरी शिकारी बढेकोमा चिन्ता

डम्पिङसाइडमा ढुकेर बदेलको शिकार

अर्जुन जम्नेली राई मोरङ, ३१ जेठ–सब डिभिजन वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको वनहरुमा जंगली जनावर चोरी शिकारी बढेको भन्दै नियन्त्रणको लागि सबै मिलेर पहल गर्नुपर्ने बताएका छन ।

आज शनिबार डिभिजन वन कार्यलय मोरङको आयोजनामा मानव बन्यजन्तु द्वन्द्व ब्यबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै अलाउदिनले सो कुरा बताएका हुन ।

यो क्षेत्रमा मृग, बदेलको चोरी सिकारी बढ्नुको साथै जंगल पस्ने मानिसको संख्या बढेकाले सडकमा आएर सडक दुर्घटनामा परि जंगली जनावर मर्ने गरेको तथ्यांक सार्वजनिक गरेका थिए ।

चालु आर्थिक बर्षमा मात्रै पुर्बपश्चिम मुख्य सडकमा दुर्घटना र पासोमा परि आठ भन्दा बढी मृग मरेको उनले बताए । गत बर्ष जिल्ला भरीको घट्ना भन्दा बढी पथरीशनिश्चरे नगर क्षेत्रको वनमा भएको उनले बताए ।

लकडाउनको बेला मानिसहरु च्याउ, निगुरो र शिकारको लागि जंगल पस्ने मानिसको संख्या बढेपछी मृग, बदेल लगायतको जंगली जनावरहरु भाग्ने क्रममा सडक दुर्घटनामा परि मर्ने गरेको प्रमुख अलाउदिनले जानकारी दिए ।
लकडाउनको बेला मालबाहक साधनमा जनावर मर्ने गरेका छन ।

पथरी बजार उत्तर करिव ३ किलो मिटरको दुरी शान्ती सामुदायिक वनमा नगरको फोहोर मैला फाल्ने डम्पिङ साइड रहेको छ । डम्पिङ साइडमा फोहोर मैला खान आएका बँदेललाई राति सिकारीले मार्ने गरेको तथ्य खुलेको छ ।

फोहोर मैला खान आउने बँदेल ढुक्न सिकारीले रुखमाथी नै चाँङ बनाएर बसेको थाहा पाएपछी भत्काइ दिएको शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङले बताए । प्रमाणसहित सिकारी पक्राउ गर्न राती डम्पिङ साइडमा गस्ति गर्नुपर्ने प्रमुख अलाउदिनको भनाइ छ ।

अन्तरकृयामा जंगली जनावरले मानिसलाई आक्रमण गरि घाइते वा ज्यान मारेमा पाउने क्षतिपूर्तिको बारेमा समेत छलफल भएको थियो ।

हाती, गैडा, बाघ, भालु, चितुवा, ध्वासे, जंगली कुकुर, अर्ना, मगर गोही, गौरिगाई, अजिंगर गरि १३ प्रजातिको जनावरले आक्रमण गरि घाइतेलाई २० हजारदेखि दुई लाखसम्म उपचार खर्च र मृत्युु भएमा परिवारले १० लाख क्षेतीपुर्तिको ब्यबस्था रहेको सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले बताए ।

अन्तरकृयामा शान्ती सामुदायिक वनको अध्यक्ष कुलबहादुर गुरुङ, मनकामनाको अध्यक्ष उदयबहादुर राई, पशुपतिको अध्यक्ष इस्वर चौहान लगायत करिव २० जना सहभागिता रहेका थिए ।

केही महिना अघि दाउरा काट्न जंगल गएकी पथरीशनिश्चरे नगरपालिका(१ कि ५० बर्षिय तिलकुमारी गिरीलाई शिकारीले प्रहार गरेको छरुवा गोलि लागि घाइते भएकी थिइन ।

चोरी सिकार गरि ल्याएको हरिन र बदेलको मासु वितरणमा कुरा नमिल्दा मोरङको पथरी शनिश्चरे(१० मा बैशाख ३१ गते चुरा हानाहान भएको थियो ।

साथिलाई छुरा हान्ने भीमबहादुर लिम्बू, प्रकाश लिम्बू र रबिन राईलाई जिल्ला अदालत मोरङले जनही पाँच हजारको दरले धरौटी छाडेका छन ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.