काठमाडौं, ३१ जेठ–आजको संसद बैठकलाई शीर्ष नेताहरुले नै ऐतिहासिक भनेका छन्। आज नेपालको संविधानको दोस्रो संसोधन विधेयक २०७७ पारित भएको दिन हो। संसदको दुईतिहाइभन्दा बढी मतले नेपालको नयाँ नक्सालाई पारित गरी निशानछापमा राख्ने प्रक्रिया अघि बढेको छ। तर, यस्तो महत्वपूर्ण दिनको संसद बैठकमा ११ जना सांसदहरु अनुपस्थित छन्।
यी हुन आजको संसद बैठकमा अनुपस्थित सांसदहरु
प्रतिनिधिसभाका २७५ सांसद मध्ये २५८ सांसद मात्रै आजको बैठकमा उपस्थित थिए। ११ जना सांसदहरु भने उपस्थित भएनन्। दुलारी देवी खत्वेनी, गोपाल बहादुर बम, अमृतादेवी अग्रहरी, धन बहादुर बूढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल संसद बैठकमा सहभागी भएनन्। बैठकमा उपस्थित भए पनि संविधानतस् सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गर्न पाउँदैनन्। त्यस्तै सांसदहरु रेशम चौधरी र मोहम्मद अफ्ताब आलम अहिले जेलमा छन। त्यस्तै विजयकुमार गच्छार र हरिनारायण रौनियार निलम्बनमा छन्।
समाजवादी पार्टीकी सांसद सरिता गिरी आजको संसद बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्। नेपालको संविधान संसोधनको विपक्षमा बोल्दै आएकी गिरी आजको बैठकमा उनले दर्ता गरेको संशोधनको सूचना अस्वीकृत भएको घोषणा सभामुखले गरेसँगै बाहिरीएकी थिइन्।
अनुपस्थितहरु
नेकपा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम, शिवकुमार मण्डल
नेपाली काङ्ग्रेस
सूर्यबहादुर केसी, ज्ञान कुमारी छन्त्याल, नागेन्द्रकुमार राय
राजपा
अमृतादेवी अग्रहरी, दुलारीदेवी खत्वेनी, प्रमोद साह
समाजवादी
सूर्यनारायणण यादव
बहिष्कार
सरिता गिरी समाजवादी पार्टी
निलम्वित संसद बैठकमा आउन पाउँदैनन्
विजयकुमार गच्छदार मोहम्मद आफताव आलम हरिनारायण रौनियार रेशम चौधरी