News of Nation

कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

काठमाडौं, ३२ जेठ–कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ । गए राति गुल्मीका ३६ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा। जागेश्वर गोतमले जानकारी दिएका छन् ।

निधन भएका गुल्मीका पुरुषमा यहि १२ जेठमा रुपन्देहीमा कोरोना पुष्टि भएको र उनी गुल्मी आइसोलेसनमा रहेको अवस्थामा ३१ गते राति आइसोलेसनमा नै निधन भएको मन्त्रालयले जनाएको छ । उनी क्यान्सर रोगबाट समेत पीडित रहेको प्रवक्ता डा। गौतमले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.