News of Nation

झापाका सरकारी कार्यालयमा चहलपहल बढ्यो

भद्रपुर, ४ असार–सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकाम्स कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।

चैत्र ११ गतेबाट अधिकाम्स सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा सदरमुकाममा सरकारी कार्यालयले सेवा दिन थालेपछि चहलपहलसँगै सडकमा पनि सवारी चाप बढेको छ ।

सरकारले कोभिड–१९ जोखिमबाट नागरिक बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सम्पूर्ण कार्यालयका सेवा अबरुद्ध थिए । बन्द रहेका अधिकाम्स कार्यालयहरू खुलाउने सरकारी निर्णयसँगै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालनमा आएका हुन् ।

सरकारी कार्यालय सञ्चालनमा आएपछि कोरोना संक्रमण त्रास भने बढेको छ । काम लिने हतारोमा भीडभाड गर्ने सर्वसाधारणलाई नियन्त्रण गर्न सरकारी कार्यालयमा संभावना कम देखिएपछि कोभिड १९ संक्रमण त्रास बढेको हो ।

अधिकाम्स कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम सुरू भएको छ । अदालतमा बन्दाबन्दीको समयमा माहामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले अन्य केही सेवा विस्तार गरिएको छ । मालपोत, नापी, राजश्व, जिल्ला प्रशासन जस्ता भीडभाड हुने कार्यालयहरूमा आलोपालो प्रणलीमा काम गर्ने गरी विहान ८ वजेदेखि बेलुकी ६ वजेसम्म दुई चरणमा काम हुने प्रबन्ध मिलाइएको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । कार्यालय तथा संघ संस्था खुले पनि सेवाग्राही भने फाटफुट मात्रै आएको कर्मचारीहरू बताउँछन् । प्रशासन, मालपोत, राजश्व, विद्युत, खानेपानी, वाणिज्य बैंक र विकास बैंक शाखाहरूमा भने सेवा लिन चाहने सेवाग्राहीको भीड देखिन्थ्यो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.