News of Nation

कमल गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न

दमक, ४ असार–झापाको कमल गाउँपालिका वडा नं ७ को वडा कार्यालयको दुई तले भवन निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालयको भवन निर्माण उपभोत्ता समितिले आज एक कार्यक्रमवीच वडा अध्यक्ष पृथ्बीपति राईसहित वडा जनप्रतिनिधिहरुलाई हस्तान्त्रण गरेको छ ।

स्थानीय देबीमाया चाम्लागाई, टंक चाम्लागाई र गोविन्द चााम्लाईले संयुक्त रुपमा प्रदान गर्नुभएको ५ कठ्ठा जमिनमा वडा कार्यालयको दुई तले भवन निर्माण भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमल गाउँपालिकाका सचिव एबम् स्थानीयवासी रविन गुरुङका अनुसार गत वर्ष भदौदेखी वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको हो । उनले नव निर्मित वडा कार्यालय भवनमा ६ वटा कोठाहारु रहेको बताए ।

भवनमा तालिम, बैठक, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिने एउटा सभा हल समेत निर्माण गरिएको छ, नेता गुरुङले भने । उनले वडा कार्यालयको दुबै तलामा अलग अलग सौचालय, सवारी साधनहरुको व्यवस्थित पार्किङ स्थल समेत रहेको बताए ।

वडा अध्यक्ष पृथ्बीपति राईले वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएसँगै वडावासीहरुलाई दैनिक सेवा सञ्चालनलाई प्रभावकारी र सहज बनाइदै लैजाने बताए । उनका अनुसार जिल्ला समवन्य समिति झापाको रु ४५ लााख र झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओली मार्फत क्षेत्र विकास पूर्वाधार कोषबाट रु २५ लाखसहित जम्मा रु ७० लाखमा सो भवन निर्माण कार्य सम्पन्न भएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.