News of Nation

अहिलेसम्मकै धेरै संक्रमित आज ६७१ जना भेटिए

काठमाडौं, ४ असार–पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। जसमा ११४ जना महिला र १०७२ रहेका छन्। हालसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ।

यस्तै, आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ। देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन्। यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्। अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्।

Facebook Comments

Leave A Reply

Your email address will not be published.