News of Nation

शिबगञ्जमा आदिवासी जनजाति महासंघ वडास्तरीय समन्वय परिषद् गठन

शिबगञ्ज, १६ असार–झापाको शिबसताक्षी–६ शिबगञ्जमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को वडा समन्वय परिषद गठन भएको छ ।

शिबगञ्जस्थित जनआर्दश माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न भएको भेलाले सन्तोष इजम लिम्बूको अध्यक्षताम १३ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ, शिवसताक्षी–६ वडा समन्वय परिषद गठन भएको हो ।

सो भेलाले अध्यक्षमाा सन्तोष इजमसहित उपाध्यक्षहरुमा चेतन राजवंशी, समशेर बहादुर गुरङ र सन्तोष सुनुवार (मुखिया) रहेका छन् । त्यस्तैं, परिषदको सचिवमा बलराम ताजपुरिया, सहसचिवहरुमा सुमित्रा श्रेष्ठ, सन्तोष मगर, सुदीप गणेश र कोषाध्यषमा बिमला माझी रहेका छन् ।

सोही वडा स्तरीय परिषद सदस्यहरुमा बुधलाल सोरेन, उर्मिला तामाङ, याङ्मा राई र प्रतिमा कुमाल रहेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.