News of Nation

लियो क्लब अफ शिबसताक्षीमा सुजन भण्डारी

दमक, १७ असार–झापाको शिबसताक्षीमा २०२०।२०२१ का लागि लियो क्लब अफ शिबसताक्षी गठन भएको छ । नव गठित क्लबको अध्यक्षमा शिबसताक्षी दुधे निवासी युवा सामाजिक अभियान्ता लियो सुजन भण्डारी सर्वसम्मत रुपले चयन भएका छन् । लियो क्लब अफ शिबसताक्षीको अध्यक्षमा चयन हुनुभएका भण्डारी सोसियल युथ नेपालको उपाध्यक्ष लगायत अन्य संघसंस्थाहरुमा रहेर सामाजिक कार्यमा सक्रिय छन् ।

लायन्स क्लब अफ शिबसताक्षी अन्तर्गत गठन भएको लियो क्लब अफ शिबसताक्षीको अधयक्षमा लियो भण्डारीसहित प्रथम उपाध्यक्षमा लियो सागर आर्चाय, दुतिया उपाध्यमा लियो कृजम पोख्रेल चयन भएका छन् । त्यस्तैं, सचिवमा लियो दीपसन घिमिरे र सहसचिवमा लियो विबेष चापागाई चयन भएका छन् ।

क्लबका अन्य पदाधिकारी र सदस्यहरुमा आगामी बैठकद्धारा चयन गरिने नवगठित लियो क्लब अफ शिबसताक्षीका अध्यक्ष लियो भण्डारीले जानकारी दिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.