News of Nation

दमकमा दलित परिवारलाई वंगुरको पाठा वितरण

दमक, १७ असार–दमक–३ वडा कार्यालयले वडाका विपन्न दलित परिवारको आयआर्जनका लागि बंगुरका पाठा वितरण गरेको छ । मंगलबार विपन्न दलित बस्तिमा एक कार्यक्रम गरि विपन्न दलित परिवारलाई नगर प्रमुख रोमनाथ ओलीले बंगुरका पाठा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सो क्रममा उनले दलित तथा विपन्न परिवारको आर्थिक स्तर उकास्न नगरपालिकाले नीति कार्यक्रम तथा बजेटमा समेत प्राथमिकता दिएर यस्तो कार्य थालनी गरिएको वताए ।

यस्तै, वडाध्यक्ष नविन बरालले वितरण गरेका पाठाले अन्य पाठा उत्पादन गरे पछि आफुजस्तै अर्को एक परिवारमा पाठो उपहार दिएर आर्थिक विकासको क्षेत्रमा एकतावद्ध हुन समेत आग्रह गरे ।

उनका अनुसार वडाको कार्यक्रम अनुसार ४० विपन्न दलित परिवारलाई बंगुरका पाठा प्रदान गरिएको हो । बंगुरका पाठा पाएका विपन्नहरुले प्राप्त पाठाले आफुहरुको आम्दानीवृद्धीमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । स्थानीय रुपेश रोक्काले आफुहरुले पाएका पाठाबाट अरु उत्पादन भए पछि विपन्न परिवारलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना, नगर कार्यपालिका सदस्य टीकाराम बयलकोटी, वडा कार्यालयका सचिव सन्दिप सुवेदी तथा अन्य जनप्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।

सोही अवसरमा नगरप्रमुख सहितको टोलीले संघीय सरकार मार्फत दलित परिवारका लागि निर्माण गरिएका आवासको पनि अनुगमन तथा निरीक्षण गरेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.