काठमाडौं, १८ असार–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेताहरुले भेट गरेका छन् । नेकपाभित्रको विवाद बढ्दै गएपछि नेताहरुबीचको छलफल तीव्ररुपमा अघि बढेको छ ।
अध्यक्ष दाहालले यसअघि बुधबार आफू निकटका नेताहरुसँग छलफल गरेका थिए भने बिहीबार बिहान ओली निकट मानिएका नेताहरुलाई आफ्नो निवासमा बोलाएका थिए ।
दाहालसँगको छलफलमा सहभागी नेता सुवास नेम्वाङले कुरा गर्दै परिस्थिति सोचेभन्दा बढी गम्भीर रहेको बताए । तर के हुन्छ भन्नेबारेमा अहिले केही बताउन नसकिने उनको भनाइ थियो ।
“परिस्थिति निकै गम्भीर छ । सोचेभन्दा पनि गम्भीर छ । यसै होला भनेर म पनि भन्न असमर्थ छु । आज प्रचण्डले अढाइ वर्ष अनुभूत गरेको खुरा खुलाखुलस्त भन्नुभयो । उहाँले मैले ह्युमिलेट फिल गरेँ भन्नुभयो,” उनले भने ।