News of Nation

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा समर्थकहरूद्धारा प्रर्दशन

विर्तामोड, १८ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा उनका समर्थकहरूले आज प्रर्दशन गरेका छन् । ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाउदै प्रधानमन्त्री ओलीका समर्थकले झापाको बिर्तामोडस्थित मुक्ति चौकमा प्रर्दशन गरेका हुन् ।

पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाँध्य पार्न खोजिएको भन्दै समर्थकहरूले प्रदर्शन हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता टिकाराम मंग्रातीको अगुवाईमा सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शन निस्किएका थिए ।

प्रधानमन्त्री ओलीलाई जबरजस्ती राजीनामा गर्न लगाउने खालको षड्यन्त्र भएको भन्दै युवाले विरोध जनाउँदै प्रर्दशन गरेका हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.