News of Nation

नेपालमा कोरोना संक्रमितको संख्या १४,५१९ पुग्यो

काठमाडौं, १८ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४७३ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ । कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.