News of Nation

आफ्नो जन्मदिनमा सुमनले दिए ‘आमाको माया’ छात्रावासलाई रु २५ हजार

दमक, १८ असार–झापाको दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख एबम् हाम्रोसरोकार डिजिटल पत्रिकाका प्रवन्धक सुमन थुलुङ राईले आज आफ्नो जन्मदिनमा झापाको विर्तामोडस्थित ‘आमाको माया’ छात्रावासलाई रु २५ हजार सहयोग प्रदान गर्नुभएको छ ।

थुलुङले आफ्नो जन्मदिनको खुशीयालीमा आफ्ना-आफन्त तथा शुभेच्छुक र साथीहरुबीच शुभकामना आदान प्रदानमा गरिने खर्चलाई बचाएर छात्रासास सञ्चालन, व्यवस्थापन र स्तर बृद्धिविकासको निम्ति सहयोग पुगोस भन्दै रु २५ हजार नगद प्रदान गर्नुभएको हो ।

आज, बिहिबार विर्तामोडथित ‘आमाको माया’ छात्रावासमा पुगेर थुलुङसहित वहाँकी जीवन संगिनी जुना थुलुङ राईले सहयोग रकम प्रदान गर्नुभएको छ । ‘जनजाति कल्याण आश्रमद्धारा सञ्चालित आमाको माया छात्रावास वीरगञ्जबाट थुलुङले २०६२ सालमा एसएलसी उतिंण गरेका हुन् । छात्रावास झापाको विर्तामोड, विराटनगर, वीरगञ्ज, काठमाण्डौ लगायत देशभर १० वटा स्थानबाट सञ्चालन भइरहेको छ ।

छात्रावासमा हाल १० जना बिद्यार्थीहरु छन् । सो छात्रावासमा एक जना विद्यार्थीको निम्ति वार्षिक २५ हजार बराबरको खर्च हुने गरेको छ, थुलुङले भन्नुभयोः छात्रावास सञ्चालनको निम्ति सरकारी निकायबाट बजेट आउदैन, यस्तै मनकारी दाताहरुले दिएको सङ्कलित रुपैयाले छात्राबास सञ्चालन भइरहेको छ ।

सुमन थुलुङ राई पाँचथर, रानीटार गाविस वडा नं ३ हालः फिदिम नगरपालिकामा जन्मिनुभएको हो । सुमन थुलुङ राई दमकमा बसोबास गर्दै आउनुभएको छ । थुलुङले छात्रावासमा बसेर अध्ययन गर्दाको समय र एसएलसी उर्तिण भएपछि यताको समयलाई मुल्याङ्कन गर्दै छात्रावासलाई आफ्नो तर्फबाट क्षमताअनुसारको सहयोग रकम प्रदान गरिएको बताउनुभयो ।

सो सहयोग रकम छात्रावास सञ्चालक समितिका सचिव चतुरमान रौनीयार, विर्तामोडस्थित छात्रावास प्रमुख इन्दु ताजपुरिया र थुलुङका दाजु एबम् छात्रावास सञ्चालक जनजाति कल्याण आश्रमका महासचिव प्रेम थुलुङ राईको उपस्थिति थियो ।

थुलुङ हालैमात्र बैबाहिक जीवनमा बाँधिनुभएको छ । वहाँका धर्मपत्नि पाँचथर रबि निवासी जुना राई झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत हुनुहुन्छ । त्यस्तैं, थुलुङ कार्यरत नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखाको कार्यसम्पादनमा महत्वपूर्ण भुमिका खेल्नुभएको ठहर गदै कम्पनीले दमक शाखा प्रमुखबाट बडुवा हुनुभएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.