News of Nation

मन्जु लिम्बू र सन्तोस विश्वकर्म बचाउ अभियानमा सङ्कलित सहयोग रुपैया हस्तान्त्रण

माइधार, १९ असार–झापाको शिबसताक्षी–१० माइधारमा सामाजिक तथा परोपकार सेवा गर्ने उदेश्यले स्थापना गरिएको कैलाश शिखबर पाउण्डेसनले मन्जु लिम्बू र सन्तोस विश्वकर्मको उपचारमा संङ्कलित सहयोग रुपैया आज हस्तान्त्रण गरिएको छ ।

झापा क्षेत्र नं ४ अन्तर्गत (क) प्रदेश सांसद झलकसिह दर्लामी मगरको उपस्थितिमा फाउण्डेसनले सञ्चालन गरेको बचाउ अभियानबाट सङ्कलित रुपैया सम्बन्धीत विरामीको परिवारलाई हस्तान्त्रण गरिएको शिबसताक्षीका सामाजिक अभियान्ता समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर अध्यक्ष महेन्द्र भट्राईले जानकारी दिनुभएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या उत्पन्न भएपछि कैलाश शिखर फाउण्डेसनबाट शिबसताक्षी–१० की मन्जु लिम्बू र शिबसताक्षी–१० कै सन्तोस विश्वकर्मको उपचार्थ सहयोग सङ्कलन गरिएको अध्यक्ष कैलाश शिखरले जानकारी दिए । मन्जु लिम्बू बचाउ अभियानमा रु तीन लाख १२ हजार नौ सय ८१ र सन्तोस विश्वकर्म बचाउ अभियानमा ८६ हजार नौ सय ७५ रुपैया सङकलन भएको र सो सहयोग रुपैया सांसद दर्लामीले पीडित परिवारलाई हस्तान्त्रण गर्नुभएको हो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा शिबसताक्षी नगरकार्यापालिका सदस्य मन्दिरा पाठक, वडा नं १० का वडा सदस्य भाष्कर सिटौला, कमला रसाइली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, सतासीधाम जेसिस अध्यक्ष कुमार साँवा लिम्बू, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कोमल ठाकुर, माइधारस्थित रेडरोज माध्यमिक विद्यालयका प्रधानध्यापक डिगम पराजुली, गैडे सामुदायिक बन उपभोत्ता समुह माइधारका अध्यक्ष अमृत बहादुर कार्की, खेलकुदकर्मी जगन कार्की, रोहिता भट्टराई, विना सग्रौला, भगवत आर्चाय, सुर्य अधिकारी लगायतको उपस्थिति थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.