News of Nation

प्रदेश नं १ मा ३८ कोरोना सङ्क्रमित थपिए

विराटनगर, २० असार–प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँचरपाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एकरएक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ । यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.