News of Nation

सांसद दर्लामीद्धारा पूर्वाधार विकासतर्फ सामुदायिक भवनमा मात्रै रु १ करोड ५९ लाख खर्च

धरमपुर, २० असार–प्रदेश १ सरकार निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद झलकसिहं दर्लामी मगरले आफ्नो निर्वाचन क्षेत्रमा सामुदायिक भवनमा मात्रै चालु आर्थिक वर्ष २०७६।०७७ मा झण्डै रु १ करोड ५९ लाख ल्याउन सफल भएका छन् । सांसद दर्लामीका अनुसार झापा क्षेत्र नं ४ (क) मा ८ वटा सामुदायिक भवन निर्माणधिन अवस्थामा छन् ।

झापा क्षेत्र नं ४ (क) अन्तर्गत शिबसताक्षी नगरपालिका, गौरादह नगरालिकाकाको ९ वडा र गौरिगञ्ज गाउँपालिकाको वडा नं १ र २ पर्दछ । सांसद दर्लामीले भौतिक पुर्वाधारतर्फ प्रदेश सरकारबाट आफ्नो निर्वाचन क्ष्ँोत्रमा सामुदायिक भवन निर्माण गरिएको बताए । उनले ८ वटा सामुदायिक भवनहरु मध्ये शिबसताक्षी नगरपालिकामा मात्रै ५ वटा सामुदायिक भवन निर्माण भइरहेको बताए ।

त्यस्तैं, अन्य तीन वटा सामुदायिक भवनहरु दक्षिणी गौरिगञ्ज गउँपालिकाको वडा नं १ महाभारामा, वडा न २ को कारोबारी सामुदायिक भवन र गौरादह नगरपालिका वडा नं ९ मा बैगुनधुरा सामुदायिक भवन निर्माण कार्य हुदैछ । यी भवनहरु आगामी आर्थिक बर्षमा सम्पन्न हुने र शिबसताक्षी नगरपालिका वडा नं ६ मा शिबगञ्ज सामुदायिक भवन यसै आर्थिक बर्षभित्रमा निर्माण सम्पन्न भईसकेको र उपभोत्ता समितिले हस्तान्त्रण गर्न तयारी अवस्थामा छ ।

शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे लेलिया खोला नजिक निर्माण भइरहेको धरमपुर सामुदायिक भवन आगामी आर्थिक वर्ष २०७७।७८ मा निर्माण कार्य सम्पन्न हुने छ । आर्थिक वर्ष २०७६।०७७ मा २५ लाख रुपैया प्राप्त भएको र सोही रुपैयाले भवनको प्रारम्भिक चरणको संरचना निर्माण भएको छ ।

अपर लेलिया सिचाईको कार्यलय समेत यसै सामुदायिक भवनमा रहनेगरी निर्माण हुदै गरेको सामुदायिक भवनभित्र तीन हजार मान्छेहरु कार्यक्रममा वस्न सक्ने क्षमता छ । भवनको लम्बाई १३० फुट र चौढाई ४० फुट छ । पार्किङ स्थलको व्यवस्था हुनेगरी निर्माण भइरहेको सामुदायिक भवनले धरमपुरको समग्र विकासलाई अघि बढाउन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

यता, शिबसताक्षी–६ शिबगञ्जमा सामुदायिक भवनको निर्माण कार्य पुरा भएको छ । यो भवनको असार महिनाभित्रै उद्घाटन गरिने भएको छ । स्थानीय दुर्गाप्रसाद गुरागाईले प्रदान गर्नुभएको २ कठ्ठा जमिनमा शिबगञ्ज सामुदायिक भवन निर्माण भएको हो । धनञ्जय कृषक समहुद्धारा सञ्चालित सो सामुदायिक भवनमा सांसद क्षेत्र विकास कोष अन्तर्गत सांसद दर्लामीबाट रु १० लाख, शिबसताक्षी नगरपालिकाबाट रु १० लाख, उपभोत्ता समितिबाट रु ७ लाख र कृषक समुहबाट रु ७ लाख गरेर जम्मा रु ३४ लाखमा शिबगञ्ज सामुदायिक भवन निर्माण भएको हो ।

शिबगञ्जमा सामुदायिक भवन निर्माण भएसँगै शिबगञ्जवासीहरु उत्साहित छन् । स्थानीयवासीहरु कार्यक्रम वा सभा गर्न जनआर्दश माध्यमिक बिद्यालयको साघुरो कक्षा कोठामा गर्ने अवस्था थियो, उपभोत्ता समितिका अध्यक्ष एबम् नेकपाका नेता डुण्डीराज गुरागाईले बताए ।

यता, शिबसताक्षी–११ को झिलझिलेमा निर्माणधिन झिलझिले सामुदायिक भवन आगामी आर्थिक वर्ष २०७७।०७८ भित्रमा सम्पन्न हुने सांसद दर्लामीका स्वकीय सचिव एबम् ंनेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षीका नेता दुर्गा नेम्बाङले जानकारी दिए । रु ८० लाख लागतमा निर्माण हुदै गरेको सामुदायिक भवनमा झण्डै १५ सयदेखी २ हजारसम्म दर्शकहरु सहभागि हुन सक्ने क्षमताको हुने छ । झिलझिलेमा झिलझिले सामुदायिक भवनसँगै शिबसताक्षी –११ को विरान शिबालय सामुदायिक भवन, सताक्षीधाम सामुदायिक भवन निर्माण भइरहेको छ ।

झिलझिले सामुदायिक भवनमा यस वर्ष रु १८ लाख खर्च हुने र बाँकी सवै काम आगामी आर्थिक वर्षमा निर्माण कार्य पुरा गरिने छ । विरान शिबालय सामुदायिक भवनमा यस वर्ष रु १५ लाख मात्रै प्रयोग हुने र अन्य कार्यहरु आगामी आर्थिक वर्षमा सम्पन्न हुने स्वकीय सचिव नेम्बाङले बताए ।

नेम्बाङका अनुसार क्रमागत बजेटअनुसार सांसद दर्लामीको निर्वाचन क्षेत्रको गौरिगञ्ज १ को महाभारा र वडा नं २ को कोरोबारी र गौरादह ९ को बैगुनधुरामा पनि सामुदायिक भवनहरु निर्माण हुदैछ । महाभारा सामुदायिक भवनमा यसवर्ष रु २० लाखको मात्रै काम हुने छ भने कोरोबारीमा रु २० र बैगुनधुरा सामुदायिक भवनमा १५ लाखको काम हुने नेम्बाङले जानकारी दिए ।

त्यस्तैं, दर्लामीले आफ्नो निर्वाचन क्ष्ँोत्रमा प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकार िमन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य, शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत विभिन्न योजनाहरु धमाधम कामहरु भइरहेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.