News of Nation

पाडाजुङ्गीस्थित लभडाँडामा सुविधासम्पन्न रिसोर्ट निर्माण हुदै

दमक, २१ असार–झापाको कमल गाँउपालिका वडा नम्बर ५ पाडाजुङ्गीस्थित रतुवाखोला नजिक लभडाँडामा बाल उद्यानसहितको सुविधासम्पन्न रिसोर्ट निर्माण भईरहेको छ । दमकका व्यवसायी रुद्र कार्कीले साढे दुई विगाहा क्षेत्रफलमा रिभरभ्यू हेरिटेज रिसोर्ट निर्माण कार्य तीव्र वनाएका हुन् ।

दुई वर्षदेखि निर्माण शुरु गरिएको रिसोर्टका आधा बढी काम भईसकेका र आउदो दशैको अवसर पारेर सञ्चालन आउने सञ्चालक कार्कीले वताएका छन् । रिसोर्टमा बाल उद्यानसहित स्वीमिङ पुल, रिसोर्टको संरचनाहरु निर्माण हुने सञ्चालक कार्कीले वताए। रिसोर्ट निर्माण सम्पन्न गर्न करिव ५० करोडको योजना भएपनि सञ्चालनको प्रकृया सम्ममा भने २० करोड लगानी पुग्ने जनाईएको छ ।

पूर्वपश्चिम राजमार्गको दमकको रतुवा पुल पूर्वस्थित लभडाँडामा रिसोर्ट निर्माणभएपछि त्यस क्षेत्रको नै आन्तरिक पर्यटन, प्रर्वद्धनमा सघाँउ पुग्ने उनले वताए । उनका अनुसार अहिले निर्माणस्थलमा आन्तरिक संरचना निर्माण कार्य धमाधम भईरहेको छ ।

पार्किङ सहितको सुविधासम्पन्न रिसोर्टमा बालबालिकाहरुका लागि आवश्यक संरचनासंगै मनोरञ्जन गर्न वोटल हाउसको नौलो विशेषता भएको रेष्टुरेन्ट समेत उपलव्ध हुने उनले जनाएका छन् ।

दृश्यावलोकनसहित एकै ठाँउमा नै मनोरञ्जन दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको भन्दै उनले भने,–‘दमक आसपास यस्तो स्थल नभएकाले पनि सर्वसाधारणहरुलाई लक्षित गरि सेवा पुरयाँउन रिसोर्ट आर्कषकस्थल वन्ने छ ।’

राजमार्गसंगै जोडिएको यस रिसोर्ट घुम्न तथा खानपीनका लागि क्रिडास्थलका रुपमा विकास गर्न रिसोर्टलाई विकास गरिदै लैजाने उनले वताए । सामाजिक कामकाजमा समेत उतिकै क्रियाशील कार्कीले यस रिसोर्ट तयार भएपछि अव कसैलाई घुम्न तथा रमाइलो गर्न टाढा जानु नपर्ने वताँउछन् । भन्छन्,–‘रिसोर्टमा आउने ग्राहकले सवारी साधन पार्किङको शुल्क तिर्नु नपर्ने तथा अन्य सेवा पनि गुणस्तरसंगै अत्यन्त सरल हुने छ ।’

Facebook Comments

Leave A Reply

Your email address will not be published.