News of Nation

विदेशमा अलपत्र ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

काठमाडौं, २४ असार–कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्। आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन्। नेपाल एयरलाइन्सकै अर्को जहाजले कतारबाट १ सय ५० जना लाई ल्याएको छ। यसैगरी हिमालय एयरलाइन्सका जहाजले कतारबाट विहान ९ बजे तथा मलेसियाबाट दिउँसो साढे १२ बजे समान १५४र१५४ जना नेपालीलाई काठमाडौं ल्याइपुर्याउने छ।

आजै दिउँसो २ बजे मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ७८ जना तथा कतार एयरवेजको विमानले कतारबाट १ सय ७७ जना नेपाली लिएर दिउँसो सवा १ बजे काठमाडौं आइपुग्ने विभानस्थल कार्यालयले जनाएको छ। हिजो विभिन्न देशबाट १ हजार ३ सय ३० जना नेपाली स्वदेश फर्किएका थिए।

Facebook Comments

Leave A Reply

Your email address will not be published.